अपराध Archives | Page 4 of 229 | Khabarhub Khabarhub

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा- झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ । शिवसताक्षी नगरपालिका-९ बस्ने इन्द्र उप्रेतीको घरमा कोही नभएको अवस्थामा झ्याल फोडेर सुनका विभिन्न गहना तथा नगद गरी करिब ३ लाख ५७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको प्रहरीले जनाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।