समाचार Archives | Page 90 of 402 | Khabarhub Khabarhub

थप १ हजार ३१६ जनाले जिते कोरोना, निको हुने दर ९४.५ प्रतिशत

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।