Live on
Your Voice, Your Power
सिन्धुली – बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो । बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन्…