समाचार Archives | Page 1264 of 8641 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो । उनीहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।