समाचार « Khabarhub

सल्यानको बागचौर नगरपालिकाका सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिकाका तत्कालीन सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले सब–इन्जिनियर थमन योगीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार सब–इन्जिनियिर योगी र सहायक सब–इन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा…