ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी ! « Khabarhub

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ ।

नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् ।

पछि उनको प्रेम उदिप श्रेष्ठसँग रहेको खबर बाहिरिन थाल्यो । पेशाले डाक्टर उदिपले नै आँचलसँगको सम्बन्ध सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका थिए ।

पहिले त आँचलले उदिपसँगको सम्बन्ध ‘साथीभन्दा माथि’ को भएको बताउँदै आएकी थिइन् । तर, पछि समय भने आँचल आफ्नो प्रेमप्रति बढी नै खुल्न थालेकी छिन् ।

सामाजिक सञ्जाल हेर्ने हो भने उनले उदिपसँगका तस्वीर निरन्तरजसो अपलोड गर्न थालेकी छिन् । हालै उनले इन्स्टाग्राममा उदिपसँको एक तस्वीर अपलोड गर्दै लेखेकी छिन् – मेरो ह्याप्पी प्लेस ।

आँचलले अन्य तस्वीर पनि अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीरमा फ्यानहरुले अनेक कमेन्ट गरेका छन् । कतिले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् – नाइस जोडी ।

केही समय पहिले भने पल शाहलाई धोका दिएको भन्दै आँचलको विरुद्धमा पलका फ्यानहरु खनिएका थिए ।

आँचलले एक अन्तर्वार्ताका क्रममा आफू उदिपसँग प्रेममा रहेको र पारिवारिक रुपमा पनि दुवै परिवारबीच सहमति भएको बताएकी थिइन् ।

त्यसैले पनि हुनुपर्छ, आँचलले सामाजिक सञ्जालमा उदिपप्रतिको प्रेम पोखेकी छिन् । अब फ्यानहरु पनि यो जोडीको छिट्टै बिहे भएको हेर्न आतुर छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : २६ बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च