पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी « Khabarhub

पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पिपरा– महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरी ३ हजार २ सय ४९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले ३ हजार ४१ मत ल्याए ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले २ हजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहिन् भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादव १ हजार ९३५ मत ल्याएर चौथो स्थानमा रहे ।

नेकपाका उम्मेदवार चौधरी समाजवादी पार्टीका उम्मेदवार यादव भन्दा २०८ बढी मत ल्याएर विजयी भए। यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको उपचारका क्रममा काठमाडौंमा निधन भएपछि पिपरामा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ४४ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी