ऊर्जामन्त्रीको निर्देशन– काम नगर्ने कर्मचारी जिम्मेबारीबाट हट्नुहोस् « Khabarhub

ऊर्जामन्त्रीको निर्देशन– काम नगर्ने कर्मचारी जिम्मेबारीबाट हट्नुहोस्


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उहाँले आफू र मातहतका निकायले गरेको कार्यसम्पादन सम्झौताअनुसार काम गर्न आग्रह गर्दै यदि कुनै कठिनाइ भए जिम्मेवारीबाट हट्न आग्रह गरे ।

मन्त्री पुनले भने, ‘मैले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग सम्झौता गर्नुभएको छ । यस्तै सचिवसँग सहसचिव र अन्य अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङ्कन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारीबारे पनि सोचौँ ।’

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहीअनुसार काम गर्न पनि निर्देशन दिएका उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिए ।

मन्त्री पुनले थप कडाइका साथ भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन्, यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन, यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’

उनले नीति तथा कार्यक्रम र बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत आग्रह गरे । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र कार्यस्थलमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनको निर्देशन थियो ।

अन्तरमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैँले गर्नुपर्ने स्पष्ट पारे ।

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वैकल्पिक ऊर्जा प्रवर्द्धन  केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखले प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ५७ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको