नेपाली श्रमिकलाई काम र आरामभन्दा चिन्ता धेरैः मन्त्री बिष्ट « Khabarhub

नेपाली श्रमिकलाई काम र आरामभन्दा चिन्ता धेरैः मन्त्री बिष्ट


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाली श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा चिन्तामा लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

१३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बिष्टले रोजगारीको सुरक्षा नहुदाँ कामप्रति श्रमिक धेरै चिन्तित हुनुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले अघि बढाएको श्रमजीवी मजदुरका लागि न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्थाले अब चिन्तामा ८ घण्टा बिताउनुपर्ने दिनको अन्त्य हुने भएको छ । हिजोका दिनमा युवा रोजगार खोज्दै सरकारको ढोका ढक्ढकाउने गरेका थिए । अब सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ । सरकारले आफ्ना नागरिकलाई सुरक्षासहितको रोजगारी दिन्छ ।’

मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेको भन्दै मन्त्री बिष्टले सरकारले मजदुरका समस्या सम्बोधन गर्ने बताएका थिए ।  मजदुर आन्दोलनबाट प्रप्ति सवै विषय सफल हुँदै गइरहेको भन्दै उनले मजदुरको रगत र पसिना खेर जान नदिने बताए । मध्यमवर्गीय चिन्तनबाट देश अघि बढेको भन्दै विकासका लागि श्रमिकको योगदान धेरै हुने बताए ।

श्रन्त्री बिष्टले केही हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने तथा आगामी आ.व.मा थप ९० हजारलाई रोजगारी दिइने तयारीमा श्रम मन्त्रालय रहेको जानकारी दिए ।

आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने मन्त्रालय लागि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल