भीटेन र शिल्पा मास्के प्रेममा ? फ्यानले भने– जोडी सुहायो « Khabarhub

भीटेन र शिल्पा मास्के प्रेममा ? फ्यानले भने– जोडी सुहायो


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीटेनका नामबाट चर्चित र्‍यापर समीर घिसिङले नायिका शिल्पा मास्केसँगको एक तस्वीर शेयर गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ बजारमा ल्याएर चर्चा कमाएका भीटेनले शेयर गरेको तस्वीरमा फ्यानले माया दर्शाउँदै कमेन्ट गरेका छन् ।

बेलाबेलामा समीर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन् । शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भीटेन पुगेका थिए । भीटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए ।

समीरले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा एक फ्यानले लेखेकी छिन्, ‘उनी तपाईंभन्दा बूढी देखिन्छिन् ।’

यस्तै एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन्, ‘डाहा त लाग्यो तर जोडी सुहाएको छ है !’ अर्का एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जोडी सुहाएको छ ।’

समीरका पछिल्लो समय फ्यान फलोइङ बढ्दै गइरहेका छन् । शिल्पाले अभिनय गरेका फिल्मले पछिल्लो समय खासै चर्चा कमाउन नसके पनि उनी अहिलेकी चर्चित नायिकामध्ये एक नायिका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : १५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट