विप्वल समूहको निशानामा नेपाल टेलिकमको टावर पनि « Khabarhub

विप्वल समूहको निशानामा नेपाल टेलिकमको टावर पनि


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको टावरमा समेत आक्रमण गरेको छ ।

विप्लव समूहले अर्घाखाँचीको पाणेनी गाउँपालिका–५ उपल्लो अमजास्थित नेपाल टेलिकमको टावरमाथि आक्रमण गरेको हो ।

प्रहरीका अनुसार अमजास्थित एनटीसीको टावरका मेसिनमा आगजनी भएको छ ।

आगजनीबाट टावरमा रहेको पीपीएच र्‍याक र र्‍याकभित्र रहेको सामानहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

टावरको सुरक्षाका लागि खटाइएका सुरक्षा गार्ड थानेश्वर न्यौपाने आफ्नो घरमा रहेको बेला टावरमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले एनटीसीको टावरमा भएको आक्रमणबार सोधपुछ गर्न सुरक्षा गार्ड न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विप्लव समूहले एनटीसी र एनसेलका गरी अहिलेसम्म २३ भन्दा बढी टावरमा आक्रमण गरेको छ ।

विप्लव समूहले आक्रमण गरेका टावरहरुको विवरण निम्नानुसार छ,

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ११ : ३१ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६