सबै स्थानीय तहमा स्तनपान कक्ष बनाइने « Khabarhub

सबै स्थानीय तहमा स्तनपान कक्ष बनाइने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बालबालिकाको स्तनपानको अधिकार सुनिश्चित गर्न सबै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वय गर्न ७ सय ५३ वटै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको हो ।

स्थानीय तहहरुमा स्तनपान कक्ष सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले सबै पालिका र प्रदेश कार्यालयहरुलाई परिपत्र गर्ने तयारी भएको परिवार स्वास्थ्य महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए ।

प्रजनन स्वास्थ्य ऐनमा सरकारी संरचनामा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने व्यवस्था रहेको छ । सोहि प्रावधान कार्यान्वयनका लागि स्वास्थ्य सेवा विभागले गत वर्ष नै स्तनपान कक्ष बनाइसकेको छ ।

यस्तै राजधानीका विभिन्न सरकारी निकायहरुले पनि कार्यालयमा कार्यरत महिला तथा सेवाग्राहीलाई लक्षित गर्दै स्तनपान कक्ष बनाउन शुरु गरेका छन् ।

नेपाल जनसांख्यिक सर्वेक्षणका अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको छ । यस्तै शिशु जन्मेको एकघण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्रै रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ३२ बजे

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 

चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५

बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज– जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल

स्वचालित प्रणाली अनुरुप सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात

रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय

चीनमा कडा लगानी सुरक्षा नियम लागू

बेइजिङ– अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी