दुबईका शासकको घरझगडा मुद्दाको आगामी नोभेम्बर ११ मा सुनुवाई हुने | Khabarhub Khabarhub

दुबईका शासकको घरझगडा मुद्दाको आगामी नोभेम्बर ११ मा सुनुवाई हुने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गतको दुबई इमिरेटका शासक शेख मोहम्मद बिन रसिख अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनबीच बेलायतमा जारी मुद्दाको पूर्ण सुनुवाई आगामी नोभेम्बर ११ मा हुने भएको छ ।

राजकुमारी हाया दुबईबाट भागेर बेलायत पुगेपछि उनले शासक शेख मोहम्मद बिन रसिद अल सलमानविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनले आफ्नो विवाह बलपूर्वक भएको भन्दै त्यहाँ हुने सम्भावित दुव्र्यवहारबाट बचाउन माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले आफ्ना सन्तानको अभिभावकत्व ग्रहण गर्नुपर्ने समेत माग गरेकी छिन् । यसअघि शासक शेख मोहम्मदले यूएईबाट राजकुमारी हायाले बेलायत लगेका आफ्ना दुई सन्तान यूएई फिर्ता गर्न माग गर्दै भन्दै निवेदन दिएका थिए ।

यसअघि उनी दुबईमा आफ्नो ज्यान असुरक्षित रहेको भन्दै त्यहाँबाट भागर बेलायत पुगेकी थिइन् । उनी जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन् । यो जोडीबीच जारी कानूनी लडाईँबारे जोर्डनबाट भने कुनै टिप्पणी आएको छैन ।

राजकुमारी हाया हाल लण्डनको किन्सिङ्टनमा लुकेर बसिरहेको बेलायती सञ्चारमाध्यमहरु बताउँछन् ।

शेख मोहम्मदसँग छैटौं श्रीमतीका रुपमा उनको विवाह सन् २००४ मा भएको थियो । शेख मोहम्मदका विभिन्न पत्नीमार्फत् २० भन्दा धेरै सन्तान छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ०० बजे

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत पोल एक साताभित्र हटाइँदै

कास्की- निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत्

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा– जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित  

वीरगञ्ज– पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास

‘अष्ट्रेलियन ट्रम्प’ हारे, जितेका अल्बानिजीलाई अमेरिका जान छैन हतार

काठमाडौं- आइतबार बिहान अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी निकै खुशी देखिन्थे

यातायात व्यवस्था कार्यालय झापाबाट ८२ करोड राजस्व सङ्कलन

झापा– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष (आव) २०८१–०८२