कतारका लागि उड्न लागेको विमानमा चरा ठोकिएपछि… « Khabarhub

कतारका लागि उड्न लागेको विमानमा चरा ठोकिएपछि…


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट कतारको दोहाका लागि उड्न लागेको विमानमा चरा ठोकिएको छ ।

त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोकिएपछि केही बेर उडान अवरुद्ध भएको थियो ।

आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारबको दोहा उड्ने तयारीमा रहेको कतार एयरवेजको विमानमा चरा ठोकिएको थियो । धावन मार्गमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको थियो ।

चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच गरेको विमानस्थलका राजकुमार क्षेत्रीले जानकारी दिए ।

जहाजको इन्जिनमा चरा ठोक्किएको विमानस्थलले जनाएको छ । इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको छ । विमानस्थलबाट अन्य उडान भने सुचारु भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ४४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ