डेंगु नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सत्तारुढ दलकै सांसदले गरे आलोचना | Khabarhub Khabarhub

डेंगु नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सत्तारुढ दलकै सांसदले गरे आलोचना


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्व जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको ? भनि सरकारलाई प्रश्न गरे ।

नेकपाकै अर्की सांसद विशंखेले पनि सो रोग रोग लाग्न नदिन सरकारलाई सचेत गराइन् ।

उनले सो रोगबाट बच्न संचार माध्यामबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डुेंगू रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाए ।
उनले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गरे । उनले डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताए ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ४५ बजे

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका