जनकपुरमा भोलि सार्वजनिक विदा | Khabarhub Khabarhub

जनकपुरमा भोलि सार्वजनिक विदा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुरधाम उपमहानगरपालिकाले हिन्दू धर्मावलम्बीको पर्व चौठचन्द्र र हरितालिका तीजको अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार जनकपपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी दिए ।

मिथिलाञ्चलमा चौठचन्द्र पर्व सन्तानको दीर्घायू, परिवारको सुखी, दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइन्छ भने तीज पर्व महिलाहरुले पति र सन्तानको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वमा महिलाहरुले व्रत बस्दै नयाँ चामलबाट बनाइएका चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकार साँझमा हातमा लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् । त्यसपछि ती परिकार प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४७ बजे

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १००

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना