राष्ट्रपति कार्यालय र सिंहदरबार अगाडिका अग्ला भवन अधिग्रहण गरिने « Khabarhub

राष्ट्रपति कार्यालय र सिंहदरबार अगाडिका अग्ला भवन अधिग्रहण गरिने


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेका अग्ला भवनहरुले सुरक्षा संवेदनशीलतामा असर पुर्‍याउने भन्दै सरकारले कारबाही गरी अधिग्रहण गर्ने तयारी थालेको छ ।

गृहमन्त्रालयद्वारा गठित छानविन समितिको सिफारिसकै आधारमा सरकारले शान्ति सुरक्षामा असर पुर्‍याउने ति भवनहरुलाई कारबाही गरी अधिग्रहण गर्ने निर्णय गरेको हो ।

समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने तयारी समेत गरेको छ। यस्तै बनिसकेका भवन आवश्यक प्रक्रिया पूरा गरी अधिग्रहण वा आवश्यक कारबाही अघि बढाउने सिफारिस गरेको थियो।

गृह मन्त्रालयमा आइतबार गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काठमाडौंका प्रजिअ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले समितिले सिफारिस गरेबमोजिम कारबाही थाल्ने निर्णय गरेको हो।

विशेषगरी अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सिई रियल इस्टेट निर्माणमा रोक लगाई अधिग्रहण गर्न सिफारिस गरेको थियो। यसैगरी, सिंहदरबार दक्षिण गेट, राष्ट्रिय अनुसन्धान विभागको कार्यालयअघि बनेको इमिरो प्लाजा मापदण्डविपरीत देखिएकोले आवश्यक कारबाही गरी अधिग्रहण गर्नसमेत सिफारिस गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ४२ बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर