नक्कली तमसुक बनाइ सोझासाझालाई ठग्ने श्याम परदेशी पक्राउ « Khabarhub

नक्कली तमसुक बनाइ सोझासाझालाई ठग्ने श्याम परदेशी पक्राउ


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह परदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

उनले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँ रकम ठगी गर्दै आएका थिए ।

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने उनले कम्तिमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेका थिए । यसरी दुःख पाएपछि पीडित न्यायको खोजीमा काठमाडौं आएका छन् ।

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोड जति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन् । कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोड बराबर पुगिसकेको छ । ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरु बताउँछन् ।
कतिपयले ऋण तिर्न नसकेर ज्यान गुमाएका छन् । पीडित परिवार समस्या बोकेर काठमाडौँ आएपछि सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ५२ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको