नक्कली तमसुक बनाइ सोझासाझालाई ठग्ने श्याम परदेशी पक्राउ « Khabarhub

नक्कली तमसुक बनाइ सोझासाझालाई ठग्ने श्याम परदेशी पक्राउ


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह परदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

उनले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँ रकम ठगी गर्दै आएका थिए ।

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने उनले कम्तिमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेका थिए । यसरी दुःख पाएपछि पीडित न्यायको खोजीमा काठमाडौं आएका छन् ।

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोड जति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन् । कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोड बराबर पुगिसकेको छ । ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरु बताउँछन् ।
कतिपयले ऋण तिर्न नसकेर ज्यान गुमाएका छन् । पीडित परिवार समस्या बोकेर काठमाडौँ आएपछि सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ५२ बजे

रास्वपा महाधिवेशन सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका