बढ्यो च्याङ्ग्राको भाउ, बागलुङमै एउटाको २९ हजारसम्म « Khabarhub

बढ्यो च्याङ्ग्राको भाउ, बागलुङमै एउटाको २९ हजारसम्म


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् ।

गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७ हजार थियो । खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए ।

च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन् ।

“अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी पर्‍यो”, व्यापारी खत्रीले भने, “आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।” व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन् ।

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।

मुस्ताङमै च्याङ्ग्राको मूल्य रु २३ हजार परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्याङ्ग्रा आउँथ्यो । चार वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्याङ्ग्रा ल्याएका थिए ।

च्याङ्ग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।

खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुभएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्याङ्ग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् ।

महँगै परे पनि उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।

मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्‍याइन्छ । यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : ५५ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत