बढ्यो च्याङ्ग्राको भाउ, बागलुङमै एउटाको २९ हजारसम्म | Khabarhub Khabarhub

बढ्यो च्याङ्ग्राको भाउ, बागलुङमै एउटाको २९ हजारसम्म


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् ।

गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७ हजार थियो । खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए ।

च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन् ।

“अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी पर्‍यो”, व्यापारी खत्रीले भने, “आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।” व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन् ।

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।

मुस्ताङमै च्याङ्ग्राको मूल्य रु २३ हजार परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्याङ्ग्रा आउँथ्यो । चार वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्याङ्ग्रा ल्याएका थिए ।

च्याङ्ग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।

खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुभएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्याङ्ग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् ।

महँगै परे पनि उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।

मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्‍याइन्छ । यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : ५५ बजे

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल