मन्त्री अधिकारीसहित सातै जनाको शव पोष्टमार्टम सकियो, अस्पतालले ८ बजेभित्र बुझाउने « Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव पोष्टमार्टम सकियो, अस्पतालले ८ बजेभित्र बुझाउने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पोष्टपार्मटम सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम बिहीबार दिउँसो २ बजेदेखि शुरु गरेको थियो । पोष्टमार्टम शुरु भएको ११ घण्टापछि सबै शवको पोष्टमार्टम सकिएको विभागका प्रमुख डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई बताए ।

सबै शवको पोष्टमार्टम सकिएकाले आज (शुक्रबार) बिहान ८ बजे भित्र अस्पतालले मृतकका आफन्तहरुलाई शव बुझाइने डा श्रेष्ठको भनाई छ ।

‘बिहीवार दिउँसो २ बजेदेखी हामी पोष्टमार्टको लागि खटिका थियौं । सबै शवहरुको पोष्टमार्टमको काम राति १ बजे सकियो ।,’ डा श्रेष्ठले खबरहबसँग भने, ‘ अब बिहान ७ बजे मृतकका परिवारहरु अस्पताल आइपुग्नु हुन्छ, अस्पतालले मृतकका परिवारलाई शव बुझाउछ, त्यसपछि प्रहरीले नै श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिनेछ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४८ बजे

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा