खप्तड जोड्ने पुल बन्दा स्थानीयबासी खुसी « Khabarhub

खप्तड जोड्ने पुल बन्दा स्थानीयबासी खुसी


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् ।

वर्षौंदेखि पक्की पुल नहुँदा स्थानीयवासीले समस्या झेलीरहेका थिए । उक्त पुल निर्माणका लागि गएको वैशाखमा खम्पाचेटी टिडिआर जेबीले रु छ करोड ४२ लाखको लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । सो पुल दुई वर्षभित्र निर्माण गरिने भएको छ ।

दुई वर्षदेखि कष्टका साथ काठेपुलमा सवारीसाधन गुडाउने गरिएको स्थानीयवासी दर्षन खड्काले बताए । “पुल निर्माणको काम शुरु भएपछि निकै खुुशी भएको छु, ” उनले भने, “पक्की पुल नहँुदा हामीले निकै दुःख पाएका थियौँ ।”

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले कामको कडा निगरानीका साथ छिटोभन्दा छिटो निर्माण गर्न पहल गर्ने बताए ।

ठेकेदार शेरबहादुर खड्काले भने, “छान्ना मेरो स्थानीय ठाउँ पनि हो, आवश्यक सामान र उपकरणसमेत तयार पारी काम शुरु गरिसकेको छु, अबको दुई वर्षभित्र जसरी पनि पुल निर्माण गर्ने प्रयासमा छु ।” पुलका लागि खाल्डा खन्ने कामसमेत बुधबारदेखि शुरु गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ५७ बजे

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ