महिला हिंसा गरेको भन्दै १५ लाख ठगेको आरोपमा अभिनेत्री पक्राउ « Khabarhub

महिला हिंसा गरेको भन्दै १५ लाख ठगेको आरोपमा अभिनेत्री पक्राउ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मराठी अभिनेत्री सारा श्रवणले आफ्नो अभिनयका कारण अलग पहिचान बनाएकी छिन् । मराठी फिल्म जगतको यी कलाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

सारालाई प्रहरीको अनुसन्धान ब्युरोले ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि १५ लाख भारु ठगी गरेको आरोप लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सारा यो केशमा पक्राउ पर्ने चौथी आरोपी हुन् । उनले मेकर सुभाष यादवसँग एक फिल्ममा काम गरेकी थिइन् । पछि फिल्म रिलिज भएपछि उनले सुभाष यादवले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रहरी अधिकारीका अनुसार यो मुद्दा मिलाउन भन्दै ती कलाकारले सुभाष यादवसँग १५ लाख रुपैयाँ मागेकी थिइन् । यो पूरै घटनालाई सुभाष यादवले भिडियो रेकर्ड गरेर प्रहरीलाई बुझाएका थिए ।

आरोपी यादवसँग १५ लाख रुपैयाँ माग्दै गरेको भिडियो प्रमाणका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ५४ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका