जुन गीतले फेरिदिएको थियो रानु मण्डलको भाग्य, स्टेजमा भुलिन् त्यही गीत « Khabarhub

जुन गीतले फेरिदिएको थियो रानु मण्डलको भाग्य, स्टेजमा भुलिन् त्यही गीत


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रेलवे प्लेटफर्ममा गीत गाउँदै गर्दा भाइरल भएर चर्चामा आएकी रानु मण्डल लगातार चर्चामा छिन् । उनलाई हिमेशले एक गीतमा मौका दिएका थिए ।

केही समयअघि उनी मेकअपका कारण ट्रोल बनेकी थिइन् । यतिबेला उनको अर्को भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले स्टेजमा गाउनुपर्ने भिडियो नै भुल्छिन् ।

रानुको उक्त भिडियोलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले मजाक बनाइदिएका छन् । उनले हिमेशसँग गाएको गीत स्टेजमा गाउनुपर्ने थियो । तर, उनले बीचमा गीत नै भुलिन् ।

जुन गीतले उनको भाग्य नै फेरिदिएको थियो, त्यही गीत उनले भुलिन् । र उनले भिडियोमा आफूले गीतको लिरिक्स बिर्सिएको बताउँछिन् ।

खासमा रानु मण्डल एक इभेन्टमा गीत गाउन पुगेकी हुन्छिन् । स्टेजमा उनलाई पत्रकारले हिमेशसँग गाएको गीत थोरै गाएर सुनाउन आग्रह गर्छिन् ।

त्यसपछि रानु मण्डलले गीत गाउन भन्दै माइक त लिन्छिन् तर गीत नै भुल्छिन् । भन्छिन् – ओमाइगड, मैले गीत नै भुलेँ ।

यो भिडियो यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बनेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३८ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका