पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात « Khabarhub

पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ । तर, सरकारले बारा र पर्सामा हावाहुरीबाट परिवार गुमाएका र बिचल्लीमा परेकाका लागि सोमबार सो रकम पठाउन सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयबाट माग नभएकाले सो रकम नपठाएको जनाएको राजधानी दैनिकमा खबर छ ।

‘कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम छ । गृह मन्त्रालयले माग गर्नासाथ रकम पठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका लेखा शाखाका एक अधिकृतले भने । प्रधानमन्त्री राहत कोषमा रहेको सो रकम प्रधानमन्त्री कार्यालयले आफैं खर्च गर्न पाउँदैन । गृह मन्त्रालयमार्फत सो रकम दैवी प्रकोप क्षेत्रमा पठाउनुपर्ने कानुनी प्रावधान छ ।

गृह मन्त्रालयले भने बारा र पर्सामा आएको विनाशकारी आँधीबेहरीपीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गरिने जनाएको छ । आर्थिक रूपमा राहत नदिइए पनि प्रभावित क्षेत्रमा ४ सय ६८ त्रिपाल पठाइएको छ ।

गृह मन्त्रालय मातहतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार केन्द्रबाट त्रिपालसँगै ४ हजार १ सय ३८ थान लत्ताकपडासमेत पठाइएको छ । त्यस्तै, आवश्यक खाद्यान्न व्यवस्था भने स्थानीय प्रशासन तथा प्रदेश सरकारले गरिरहेको छ ।

मन्त्रालयका अनुसार पीडितलाई मन्त्रालय मातहतको गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाअन्तर्गत रहेर राहत वितरण गरिनेछ ।
विनाशकारी आँधीबेहरीको त्यो रात शीर्षकको समाचारमा साँझको करिब साढे ७ बजेको हुँदो हो, आकाश धुम्म थियो । अनिष्टको संकेत देखिँदै थियो । नभन्दै गाउँ नै विनाश गर्ने गरी हुरी आयो र धेरैलाई लग्यो । फेटा गाउँपालिकाको पुरैनियाका तुफानी आलम घरीघरी आइतबार साँझको घटना सम्झिन्छन् । ‘हावा अर्कै प्रकारले चलेको थियो, हेलिकोप्टर आएजस्तै आवाज आएको थियो । पानी र असिना पनि परेको थियो । बाहिर निस्कन सकिने अवस्था थिएन । तर, असिनासँगै तेज गतिमा हावा चल्यो र बाहिर हेर्दा खरियानमा आगो बलेको जस्तो देखिन्थ्यो,’ आइतबारको कालो रात सम्झँदै उनले भने । तुफानी आलमको पक्की घर छ । पक्की भएकाले नै हावाहुरीले उनको घर हल्लाउन सकेन । तर, छत भने सबै खस्यो । मानवीय क्षति हुन पाएन ।

हावाहुरीले सोही गाउँकी रूपा देवीको ज्यान गयो । आँधीले उनको घरलाई एक डल्लो बनाइदियो । उनले तीन सन्तानलाई खटिया (खाट)मुनि लुकाएर नयाँ जीवन दिइन् । तर, उनलाई आफ्नै घरको दलिनले थिच्यो । एक वर्षीय छोरा सञ्जीत, आठ वर्षीया छोरी ८ निशा देवी र तीन वर्षीया छोरी कुमारी देवीलाई छाडेर उनी परलोक गइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : ३० बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित