राहत वितरणमा धुर्मुस र रवीको सक्रियता « Khabarhub

राहत वितरणमा धुर्मुस र रवीको सक्रियता


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् ।

आइतबार रातिको हावाहुरीले घरबार बिहीन भएर विचल्ली परेकाहरुलाई उनीहरले राहत वितरण थालेका हुन।

आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ । यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्‍याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले फेसबुकमा सेयर गरेको पोस्ट हेर्नुहोस ।

यसअघि धुर्मुसले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुको उद्दार तथा राहतमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले भूकम्प पीडितका लागि तीन ठाउँमा भूकम्प प्रतिरोधी एकीकृत नमुना वस्ती समेत निर्माण गरिसकेका छन् । अहिले उनी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको तयारीमा जुटेका छन् ।

त्यस्तै पत्रकार रवी लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरुमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरुसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।

लामिछानेले फेसबुकमा सेयर गरेको स्टाटस हेर्नुहोस ।

सरकारले पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेको उपचार गर्ने, राहत, उद्धार तथा प्रभावितको उचित व्यवस्थापनका लागि गृहमन्त्रालयलाई निर्देशन दिएको हो । सोमबारै बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले पनि राहत उद्धारमा तदारुकता देखाउने तथा मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा