सन्दीप २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर « Khabarhub

सन्दीप २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिदै २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।

पञ्जावविरुद्ध ४ ओभर बलिङ गरेका युवा स्पिनर सन्दीपले टि—२० मा सर्वाधिक विकेट लिने खेलाडी बन्दा उनले विश्व चर्चाीत स्पिनर पाकिस्तानका सहिद अफ्रीदि, अफगानिस्तानका राशिद खान र बंगलादेशका शाकिब अल हसनलाई पछि पारेका छन् ।

यो वर्ष सन्दीपले अहिलेसम्म २७ विकेट लिएका छन् । त्यस्तै, सन्दीपले पछि पारेका साहिद अफ्रीदीले २६, राशिद खानले २५ र हसनले २४ विकेट लिएका छन् ।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले विश्वभरका चर्चीत टि—ट्वान्टी फ्रेन्चाईजमा सहभागीता जनाउँदै आएका छन् । जसका क्रममा उनले अस्ट्रेलियाको विग वास लिग देखि पाकिस्तान सुपर लिगसम्म खेलिसकेका छन् ।

सन्दीपले २ विकेट लिए पनि उनको टोली दिल्ली क्यापीटल्स पञ्जावसँग १४ रनले पराजित भएको छ । पञ्जावले दिएको १सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले सबै विकेट गुमाएर १सय ५२ रनमा समेटियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०४ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन