यु–१९ क्रिकेट विश्वकप एसिया छनोट– रोहितको कप्तानीमा टोली छानियो | Khabarhub Khabarhub

यु–१९ क्रिकेट विश्वकप एसिया छनोट– रोहितको कप्तानीमा टोली छानियो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु—१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । मंगलबार घोषणा भएको टोलीको नेतृत्व युवा खेलाडी रोहित कुमार पोडेलले गर्ने भएका छन् ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । युवा टोलीमा सिनियर राष्ट्रिय टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल, भीम सार्की, पवन शरार्फ र सन्दीप जोरा अटाएका हुन् ।

१४ सदस्यीय टोलीमा कप्तान पौडेलसहित अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सुर्य तामाङ छन् ।

त्यस्तै, वैकल्पीक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन् भने म्यानेजरमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने रहेका छन् । छनोट खेल्न नेपाली टोली अप्रिल ६ गते शनिबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : १६ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ