बजेट बनाउन पालिकाले थाले काम, करको विषयमा पनि छलफल | Khabarhub Khabarhub

बजेट बनाउन पालिकाले थाले काम, करको विषयमा पनि छलफल


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ्ग– जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो ।

जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित र व्यावहारिक बनाउने गरी सबै तहमा सुझाव सङ्कलनसहित छलफलको काम थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताइन् ।

विकासे योजना, आन्तरिक स्रोतको व्यवस्थापन, राजश्व र अनुदानलगायतका विषयमा छलफल शुरु भएका छन् । जिल्लाकै बडिगाड गाउँपालिकाले आव २०७६/७७ को वार्षिक नीति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धिसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सकेर आन्तरिकरूपमा विषयगत समितिभित्र छलफल शुरु गरेको छ ।

गाउँपालिकाले तत्कालै तथा दीर्घकालीनरूपमा प्रतिफल आउने गरी योजना निर्माण र सञ्चालन गर्न सरोकारवालाका बीचमा छलफल थालिएको बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसालले बताए । पछिल्लो समय करको विषयमा निकै चर्चा हुने गरेको भन्दै पालिकाले करको दायरा र दरका विषयमा समेत छलफल थालेका छन् ।

आम सर्वसाधारणमा करको दायरा बढाउँदा करको दर बढेको भ्रम पर्ने गरेकाले खुलेर करको विषयमा पनि छलफल थालिएको भुसालले बताए । चालू आवका योजना सम्झौता र कार्यान्वयनमा सक्रिय देखिएका बागलुङका पालिकाले आवको कार्यक्रमका लागिसमेत छलफल र अन्तरक्रिया थालेका हुन् ।

आगामी जेठ महीनाभरि वडा तथा टोलटोलबाट योजनाको आवश्यकता र प्राथमिकता निर्धारणका लागि छलफल गर्ने गरी कार्यालय तथा विषयगत समितिमा छलफल शुरु भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमार थापाले बताए ।
“जनचाहनाअनुसारको नीति तथा कार्यक्रमका लागि हामी तयारीमा लागेका छौँ”, थापाले भने “सबैको साझा कार्यक्रमका रूपमा पालिकाको कार्यक्रम हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।”

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : १० बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको