उपाधि जितेको तीन वर्षपछि खेलाडीलाई सरकारको सम्मान ! « Khabarhub

उपाधि जितेको तीन वर्षपछि खेलाडीलाई सरकारको सम्मान !



काठमाडौं – नेपाली खेलकुदले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हात पार्दा टोली स्वदेश फर्कन नपाउँदै पुरस्कार राशीको घोषणा गर्नु नेपालमा परम्परा नै बसिसकेको छ । तर, उक्त पुरस्कार खेलाडीले कहिले पाउँछन् भन्नेबारेमा भने न खेलाडीलाई जानकारी हुन्छ नत, राष्ट्रिय खेलकुद परिषद्लाई नै ।

यसको एक उदाहारण भारतमा सन् २०१६ मा आयोजना भएको १२ औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग) लाई लिन सकिन्छ ।

उक्त प्रतियोगितामा आयोजक राष्ट्र भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल नेपाली फुटबल खेलाडीका लागि सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । तर सरकारले घोषणा गरेको पुरस्कार खेलाडीले तीन वर्षपछि सन् २०१९ फेब्रुअरी ५ (आज) मात्र पाएका छन् ।

उनीहरुलाई यसअघि विजयी भएर स्वदेश फर्किए लगत्तै २ लाख नगदसहित सम्मान गरिएको थियो । तर, राखेपको कार्यविधिमा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने उल्लेख छ । कार्यविधीमा उल्लेख भएपनि सरकारले खेलाडीलाई उधारो सम्मान गरेको थियो । खेलाडीले पाउने बाँकी तीनलाख पुरस्कार दिन सरकारलाई तीन वर्ष लागेको हो ।

बिहीबार(आज) युवा तथा खेलकुद मन्त्रालयमा सम्मान कार्यक्रम आयोजना गरि सरकारले घोषणा गरेको पुरस्कार राशि वितरण गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकार्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतको टोलीले खेलाडलई सम्मान तथा पुरस्कार वितरण गरे ।

कार्यक्रम आयोजना गरी खेलाडीका लागि घोषणा गरेको पुरस्कार वितरण गरीरहँदा ४२ जनामध्ये १४ जना मात्रै उपस्थित थिए । क्रिकेटबाट खेलाडी प्रशिक्षक तथा प्राविधिक टोलीसहित २१ जनामध्ये ९ जना उपस्थित थिए भने फुटबलका २० खेलाडीमध्ये ४ जनामात्रै उपस्थित थिए ।
यसै वर्षको डिसेम्बर महिनामा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) को तयारी थालेको जानकारी दिएको छ । तर, १२ औं संस्करणको पुरस्कार वितरणमा भएको ढिलाईप्रति भने सबै मौन रहे ।

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको सम्मानमा भएको ढिलाई प्रति भने राखेप उपाध्यक्ष तिम्सिनाले माफी मागेका छन् । उनले भने,‘यो सम्मान धेरै पहिले दिन चाहेका थियौं । यूएईबाट खेलाडी आउँदा–आउँदै सम्मान गर्न खोजेका थियौं । तर, खेलाडी डिपीएलमा जानु पर्ने भएका कारण र पछि आठौं राष्ट्रिय खेलकुदमा लाग्नु पर्ने भएका कारण ढिला भयो ।’

उपाध्यक्ष तिम्सिनाले क्रिकेट खेलाडीबारे बोलेपनि फुटबल खेलाडीको सम्मानमा भएको ढिलाइ बारे भने मौन रहे ।

व्यवसायीक खेलको शुरुवात हुन नसकेको नेपाल जस्ता देशमा खेलाडीहरुका लागि सम्मान र पुरस्कारको रकमले ठूलो महत्व राख्ने जानकारहरुको भनाइ छ । सम्मान र पुरस्कारले खेलाडीमा हौसला र प्रेरणा मिल्छ । उनीहरुलाई इमान्दारीताकासाथ देशका लागि खेल्ने जोश र जागँर सम्मानले दिन्छ । तर, पुरस्कार राशी घोषणा गरेर पनि लामो समय नदिँदा उनीहरुमा खिन्नता छाउँछ ।

बिहीबार मन्त्रालयको सभाहलमा जुन उत्साह खेलाडीमा देखिनु पर्ने थियो, त्यो देख्न पाइएन । सम्मान पाइसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सम्मानले खेलाडीलाई अझै बढी हौसला प्रदान गर्ने र खेलप्रति जिम्मेवार बनाउने धारण राखेका थिए । तर, उपाध्यक्ष तिम्सिनाले आगामी दिनमा पुरस्कार प्रतियोगितामा सहभागी हुन जानु अगाडि नै घोषणा गर्नै र फर्किए लगत्तै पुरस्कार वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारले दक्षिण एसियाली क्षेत्रमा सफलता हात पारेका खेलाडीलाई ३ लाख र एसियाली क्षेत्रमा सफलता हात पारेका खेलाडीलाई ५ लाख गरी ४२ जना खेलाडीका लागि १ करोड ५६ लाख पुरस्कार राशि वितरण गर्यो । राष्ट्रिय टोलीका खेलाडीहरु विभिन्न प्रतियोगिता व्यस्त भएकाले सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन् ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, आरिफ शेख, अभिनास बोहरा र प्रशिक्षक जगत बहादुर टमटा, फिजयो दिनेश भट्ट र टिम व्यवस्थापक रमन सिवाकोटी सहभागी भए । सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार राशि र प्रमाणपत्र प्रशिक्षक टमटालाई दिइएको छ ।

यता, फुटबलतर्फ २० जना खेलाडीमध्ये विकेश कुथु, अमृत कुमार चौधरी, मानबहादुर तामाङ र रञ्जन विष्ट उपस्थित भएका थिए भने अन्य खेलाडीको पुरस्कार राशि र प्रमाण पत्र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तान्तरण गरियो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले नेपाल क्रिकेट संघ (क्यान) फुकुवाइमा सहयोग गर्न सरकार तथा राखेप पदाधिकारीहरुलाई आग्रह गरे । उनले लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिवन्धमा रहेको नेपाल क्रिकेट संघ क्यान फुवुबाका लागि सरकारी पक्षबाट पनि पहल गर्न आग्रह गरे । उनले भने,‘क्यानमा देखिएको विवाद समाधानमा सरकारी पक्षबाट मन्त्रीज्यु र सदस्य–सचिव ज्युहरुले आईसीसीसँग पहल गर्नुपर्यौ । हामीले यो बीचमा धेरै कुरा गुमाइसकेका छौं ।’

कार्यक्रममा कप्तान पारस खड्काको आग्रहको जवाफ फर्काउँदै उपाध्यक्ष तिम्सिनाले विवाद समाधानमा लागिरहेको र छिट्टै समाधान हुने बताए । उनले भने,‘क्यानको विवाद अन्त्यमा हामी लागिरकेका छौं । अब यो विवाद धेरै लामो समय रहँदैन । छिट्टै तपाईहरुसँग बसेर त्यसको निकासका बारेमा छलफल गर्नेछौं ।’

कार्यक्रममा सम्मानित खेलाडीलाई बधाई दिँदै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुदमा आयोजक राष्ट्रका हैसियतले राम्रो नतिजा ल्याउनु पर्ने दबाब रहेको बताएका छन् । ‘यसअघिको जस्तै घरेलु मैदानमा फुटबलबाट १३ औं सागमा पनि सफलता हात पार्ने लक्ष्य राखेका छौं । र नेपालमा क्रिकेटमा पनि मेडल ल्याउने सम्भावना रहेकाले सागमा पहिलो पटक क्रिकेट समावेश गरीएको छ । तपाईहरुबाट अझै राम्रो हुने अपेक्षा गरेका छौं ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : ३५ बजे

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै

पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप 

एजेन्सी– पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

काठमाडौं– नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता

एजेन्सी– राजकुमार विलियम र राजकुमारी क्याथरिनले सोमबार जारी गरेको एक