आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी « Khabarhub

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैन : अर्थमन्त्री

निर्मला बलात्कार-हत्या काण्डको छानबिन गर्न मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति, रुलिङको माग

सरकारले संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो
नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ का नाममा विस्तृत अपिल सार्वजनिक गरिएको छ । ‘श्रद्धेय कमरेड’ सम्बोधन गरिएको उक्त अपिलमा नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै गम्भीर संकटमा पुगेको उल्लेख गर्दै पार्टीले जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा कमजोर बन्दै गएको दाबी गरिएको छ ।

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको राजनीतिक आदर्शलाई स्मरण गर्दै वर्तमान नेतृत्वप्रति सम्मान व्यक्त गरिए पनि पार्टीभित्र आन्तरिक जनवाद कमजोर बन्दै गएको, संस्थागत निर्णय प्रक्रियामाथि आघात पुगेको तथा नयाँ पुस्ता एमालेबाट टाढिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अपिलमा २०८२ को निर्वाचन परिणामले पार्टीको जनाधार खुम्चिएको देखाएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको आरोप लगाइएको छ ।

वैचारिक बहस संकुचित भएको, संगठनात्मक ऊर्जा कमजोर बनेको र युवा पुस्तामा विदेश पलायन तथा राजनीतिक निराशा बढेको भन्दै त्यसलाई केवल विरोधीको प्रचारका रूपमा लिन नहुने धारणा व्यक्त गरिएको छ । आसन्न स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै वर्तमान कार्यशैली, संगठनात्मक गतिहीनता र युवापुस्ताको असन्तुष्टिलाई सम्बोधन नगरी चुनावमा गए पार्टीले अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनी पनि अपिलमा दिइएको छ।

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य
तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको विधान पारित हुने तयारीमा छ । सचिवालय बैठकबाट नेताहरूले दिएको जानकारी अनुसार अहिले पार्टीले विधान मस्यौदाबारे छलफल गरिरहेको छ ।

विधान संशोधन मस्यौदामा काम गरिरहेका विपिन आचार्य, प्रदीपचन्द्र परिवार ,डा. चन्दा कार्की लगायतका नेताहरूले प्रस्ताव पार्टी सचिवालयमा राखेका थिए । सो प्रस्तावलाई पार्टी सचिवालय बैठकले छलफल गर्ने र पास गर्नका लागि केन्द्रीय कमिटी बैठकको प्रतीक्षा गर्ने बताइएको छ ।

विधान संशोधन कार्यदलले १३६ केन्द्रीय सदस्य बनाउने माग राखे पनि सचिवालय बैठकले १५८ केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेको छ । लगभग यो माग पारित हुने अवस्थामा छ । अब त्यो सबै कुरा विधानमा प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य बनाउने निर्णय समेत पारित हुने अवस्थामा रहेको बताइएको छ।

एक वरिष्ठ नेता थप्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । त्यो प्रस्ताव विधानमा समावेश हुन लागेको छ। आजको बैठकले सचिवालय ३३ सदस्य बनाउने विषयमा पनि छलफल गरिरहेको छ। सचिवालय सदस्य बढाउँदा पार्टी सभापतिले कति थप्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा १२९ केन्द्रीय सदस्य रहने प्रावधान थियो ।

नयाँ विधान अनुसार दुई महामन्त्री रहने व्यवस्था गरिने भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा एकजना महामन्त्री रहने व्यवस्था थियो तर बालेन्द्र शाह पार्टीमा प्रवेश गरेपछि दुई महामन्त्री रहने व्यवस्था गरिएको हो ।

रास्वपाको सचिवालय बैठक सुरु : चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार

एमालेको ‘मिसन पार्टी जागरण २०८३’ देशभर सुरु

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता
फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएका छन् । यस चरणमा १५ टोलीले जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएका छन् भने १५ टोलीले हारको सामना गर्दै सुरुवाती दबाब झेलेका छन् । त्यस्तै, बाँकी १८ टोलीले भने बराबरी खेल्दै समान १–१ अंक बाँडेका छन् ।

समूहगत नतिजा हेर्दा समूह ‘ए’ मा मेक्सिको र साउथ कोरियाले विजयी सुरुवात गरेका छन् भने चेक रिपब्लिक र साउथ अफ्रिका पराजित भएका छन् । आयोजकमध्येको एक अमेरिका र अस्ट्रेलियाले समूह ‘डी’ मा जित निकाल्दा टर्की र पराग्वेले हार बेहोरेका छन् । समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट विजयी बन्दा इक्वेडर र कुरासाओ अंकविहीन छन् ।

त्यस्तै, समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा सेनेगल र इराक स्तब्ध बन्न पुगेका छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अस्ट्रियाले जित निकाल्दा अल्जेरिया र जोर्डन हार भोग्न बाध्य भए भने समूह ‘एल’ मा इंल्याण्ड र घानाले विजयी सुरुवात गर्दा पानामा र क्रएसिया अंकविहीन बनेका छन् ।

केही समूहहरूमा भने निकै प्रतिस्पर्धात्मक र सन्तुलित खेलहरू देखिएका छन् । समूह ‘बी’ का स्वीट्जरल्याण्ड, क्यानडा, कतार र बोस्निया एण्ड हर्जगोभिना, समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डेका सबै खेलहरू बराबरीमा सकिएका छन्, जसका कारण यी समूहका सबै टोलीले समान १–१ अंक बाँडेका छन्।

खेल ओझेलमा, उमेर चर्चामा

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

अमेरिका-इरान सम्झौता : लेबनानमा सैन्य कारबाही अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच भएको नयाँ सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने व्यवस्था समावेश गरिएको छ।

सम्झौताको पहिलो बुँदामै अमेरिका र उसका सहयोगीहरूले सबै युद्ध मोर्चामा सैन्य गतिविधि अन्त्य भएको घोषणा गर्ने उल्लेख गरिएको छ। लेबननमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि जारी तनाव तथा युद्धविराम उल्लङ्घनका आरोप–प्रत्यारोपका कारण यो विषय विवादको केन्द्रमा रहँदै आएको थियो।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इजरायलले लेबनानमाथि आक्रमण जारी राखे सम्झौताको उल्लङ्घन मानिने बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले लेबनानमा इजरायली सेनाको निरन्तर उपस्थिति पनि युद्ध अन्त्यसम्बन्धी सम्झौताविपरीत हुने बताएका छन्।

यसैबीच, इजरायली सेनाले बुधबार दक्षिणी लेबननमा नयाँ हवाई आक्रमण गरेको थियो। इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा भएको एक घटनामा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ।

फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा शान्ति स्थापना अझै काम गर्नुपर्ने विषय भएको बताए। उनले इरानसँग भएको सम्झौतालाई भने ‘मुख्य उपलब्धि’ का रूपमा वर्णन गरे।

अहिलेसम्म इजरायली सरकारले अमेरिका–इरान सम्झौतामा सार्वजनिक प्रतिक्रिया जनाएको छैन।

‘युद्ध सुरु भएयता मस्कोमाथि युक्रेनको सबैभन्दा शक्तिशाली हमला’

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने












प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ८ : ०२ बजे

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको