सामाजिक संजालको गलत प्रयोग ‘मुन्तलामा ऐजेरु र धानमा सामा’ पलाएजस्तै : प्रधानमन्त्री  « Khabarhub

सामाजिक संजालको गलत प्रयोग ‘मुन्तलामा ऐजेरु र धानमा सामा’ पलाएजस्तै : प्रधानमन्त्री 


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे ।

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे । त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ ।

प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे । तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको पनि उल्लेख गरे । उनले उनले केही वर्ष अघि मोवाइल चलाउन अनौठो मानिए पनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भइरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पुर्‍याउन सरकारले अप्टिकल फाईबर विस्तार सम्बन्धि ‘महामार्ग’ नै तयार पारेको पनि बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ६ : १० बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने