सामाजिक संजालको गलत प्रयोग ‘मुन्तलामा ऐजेरु र धानमा सामा’ पलाएजस्तै : प्रधानमन्त्री  « Khabarhub

सामाजिक संजालको गलत प्रयोग ‘मुन्तलामा ऐजेरु र धानमा सामा’ पलाएजस्तै : प्रधानमन्त्री 


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे ।

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे । त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ ।

प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे । तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको पनि उल्लेख गरे । उनले उनले केही वर्ष अघि मोवाइल चलाउन अनौठो मानिए पनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भइरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पुर्‍याउन सरकारले अप्टिकल फाईबर विस्तार सम्बन्धि ‘महामार्ग’ नै तयार पारेको पनि बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ६ : १० बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा