नेपालको तरकारीमा जापान र कोरियाको भन्दा कम विषादी, तर पनि असर बढी « Khabarhub

नेपालको तरकारीमा जापान र कोरियाको भन्दा कम विषादी, तर पनि असर बढी


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीले तरकारी तथा फलफूलमा प्रयोग गर्ने विषादीका कारण मानव स्वस्थ्यमा गम्भिर असर परिरहेको छ ।  प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माले नेपालमा प्रति हेक्टर ३ सय ९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग भइरहेको बताए ।

डा शर्माका अनुसार नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजान्दा बिषदीको असर बढी रहेको हो । अन्य देशको तुलनमा नेपालमा विषादीको प्रयोग कम हुने गरेको भए पनि त्यसको असर भने नेपालमा बढी रहेको डा शर्माको भनाइ छ ।

उनले भने, ‘जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ ।  नेपालमा भने प्रतिहेक्टर जमिनमा ३ सय ९६ ग्राम विषादी प्रयोग भए पनि त्यसले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।  जापान, कोरिया इटालीमा बढी विषादी प्रयोग भए पनि असर कम छ ।’

उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन भइरहेको बताए । नेपालमा आउने विषादीमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ ।

जनस्वास्थ्यविद डा. अरुणा उप्रेतिले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने बताइन् ।

डा उप्रेतीका अनुसार विषादी मिसाइएको तरकारी तथा फलफूल सेवनले नेपालमा स्मरण शक्तीमा कमी, मनोरोग र छालासम्बन्धी रोगहरु बढ्दै गएको छ । विषादी मिसाइएको तरकारी तथा फलफूलले प्रजनन स्वस्थ्यमा गम्भिर असर पर्ने र महिलाहरुमा गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने समस्या देखिनसक्ने डा उप्रेतीको भनाइ छ ।

तरकारी तथा फलफूलमा हुने विषादीले मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ५८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५