६ हजार घुससहित ५ जना ट्राफिक प्रहरी पक्राउ « Khabarhub

६ हजार घुससहित ५ जना ट्राफिक प्रहरी पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बनेपा– जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत कार्यरत ५ जना घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने टिप्परहरुबाट लिएको घुस रकमसहित ५ जना प्रहरी कर्मचारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई २ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

यस्तै, प्रहरी चौकी हिगुवापेटीको बिटबाट प्रहरी चौकी पाँचखालको मोटरसाइकल गस्ती गर्ने प्रहरी हवाल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामागादे २ हजार घुससहित पक्राउ परेका छन् ।

यस्तै बनेपास्थित ट्राफिक प्रहरीको पोस्टमा कार्यरत प्रहरी जवान हरिचन्द बानियाँ र प्रहरी हवल्दार रामहरी मानन्धर पनि २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कूल गरेर ५ जना प्रहरी कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : ०३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक