थाइल्याण्डको राजधानी बैंककमा श्रृङ्खलाबद्ध विस्फोट « Khabarhub

थाइल्याण्डको राजधानी बैंककमा श्रृङ्खलाबद्ध विस्फोट


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डको राजधानी बैंककका ६ स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएको छ । सानो आकारका ती बम विस्फोटका कारण ३ जना घाइते भएका छन् ।

यी बिस्फोटहरु जनधनको ठूलो क्षति पु¥याउन भन्दा पनि सरकारविरुद्ध सांकेतिक विरोध गर्नका लागि गराइएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला बम विस्फोट भएको हो । अमेरिकी विदेशमन्त्री माइक पम्पेओ समेत सहभागी उक्त बैठकमा उनले सम्बोधन गर्नुअघि बम विस्फोट भएको हो ।

थाई प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले बम बिस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न निर्देशन जारी गरेका छन् । त्यस्तै थाइल्याण्ड सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आह्वान गरेको छ ।

थाइल्यान्ड सरकारले बम आक्रमणबारे जथाभावी हल्ला नफिजाउन समेत आह्वान गरेको छ । बम विस्फोटनको उद्देश्य र यसमा कुन समूहको संलग्नता छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । बम विस्फोटको जिम्मा पनि हालसम्म कुनै समूहले लिइसकेको छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : ५० बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै