भक्तपुर क्यान्सर अस्पतालमा आकस्मिक अनुगमन « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा आकस्मिक अनुगमन


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिले आज वडा नं १ मा रहेको भक्तपुर क्यान्सर अस्पताल र सल्लाघारीमा रहेको डा इवामुरा मेमोरियल अस्पतालमा आकस्मिक अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा क्यान्सर अस्पताल १०० श्ययाको स्वकृति लिई १४२ श्यया सञ्चालनमा रहेका, कर्मचारी ३०० जना रहेका, बिरामीलाई रगत आवश्यक भए रेडक्रसमा लिएको रगतको क्रसम्याच भए गर्ने अरु ठाउँबाट ल्याएको र रगत रेडक्रसले क्रसम्याच नगरेकाले समस्या देखिएको पाइएको छ ।

रगत क्रसम्याच मेसिन राख्नुपर्ने ठाउँ र मानव संशाधनको अभावमा सेवा प्रवाह प्रभावित भएको, रेडियो थेरापिमा म्यानपावर अभाव भएको, व्यवस्थापन समितिमा स्थानीय सरकार नगरपालिकाको प्रतिनिधि नभएको, पार्किङ व्यवस्थापन नभएकाले त्यसको व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ ।

क्यान्सर अस्पताल विसं २०५१ मा १५ श्याबाट शुरु गरी विभिन्न व्यक्तिसँग आर्थिक भौतिक सहयोग लिई भवन, मेसिन उपहारबाट प्राप्त भई सञ्चालन भएको र कर्मचारी सबै अस्पतालकै स्रोतबाट व्यवस्थापन गर्दै आएको अस्पताल प्रशासक राजाराम तजलेले जानकारी दिए ।

त्यस्तै सरकारले सीमित अनुदान दिने गरेको तर अहिले अस्पतालको आफ्नै जग्गा र नक्सापास भवन नहुँदा सरकारी अनुदान पनि रोक्ने सम्भावना भएकाले नगरपालिकाले नक्सापास प्रक्रियामा समन्वय गरिदिन उनले जानकारी दिए ।

त्यसैगरी अनुगमनका क्रममा डा इवामुरा मेमोरियल अस्पतालमा ५१ श्यया सञ्चालनमा रहेका, कर्मचारी ११० जना रहेका, अस्पतालनमा गत वर्षको बाढीले दुईवटा सिटी स्क्यान बिग्रिएकाले उक्त सेवा उपलब्ध नभएकाले सो सेवा छिट्टै सञ्चालन गर्न, आकास्मिक कक्ष सञ्चालनमा रहेको तर भेन्टिलेटर नभएकाले भेन्टिलेटरसहितको आकास्मिक कक्ष सञ्चालन गर्न, ठाउँ अभावमा सेवा प्रभावित भएको, बेडसिट फोहर देखिएकाले सुधार गर्नुपर्ने, व्यवस्थापन समितिमा नगरपालिकाबाट प्रतिनिधि राख्नुपर्ने र सरसफाइमा ध्यान दिन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ३८ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक