एटिएमबाट पैसा लुटेर भागेका अर्का एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ « Khabarhub

एटिएमबाट पैसा लुटेर भागेका अर्का एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छन् । उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

एटिएम लुटपाटमा संलग्न उनी चीन भाग्ने तयारीमा रहेको बेला सु लुसली नामका ३६ वर्षीय चिनियाँ विमानस्थलबाट पक्राउ परेका हुन् ।

आइतबार राति उनी पक्राउ परेका प्रहरीले जनाएको छ । फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

शनिवार राति राजधानीको दरबारमार्गमा रहेको एटिएम बुथबाट पैसा निकाल्दै गर्दा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि लुटपाटमा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । केही भने भाग्न सफल भएको बताएको प्रहरी आइतबार लुसलीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चिनयाँ ह्याकरको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको थियो । पाँचै जनालाई प्रहरीले आइतवार दिउँसो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ३८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२