चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ « Khabarhub

चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहलाई ‘सहयोग गर्ने’ ३ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित डेस्को मनि एक्चेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरले चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको देखिएको हो ।

चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि प्रहरीले डेस्को मनि एक्चेन्जका सञ्चालक वेदनाथ लामिछाने तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका प्रबन्धक (मेनेजर) रेवती दवाडी पक्राउ परेका छन् ।

बैंक ह्याकिङ प्रकरणको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि ३ जनालाई पक्राउ गरिएको बताए ।

‘उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ सटही गरेर चिनियाँ नागरिकलाई विदेशी मुद्रा दिएको देखिन्छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार बैंकिङ प्रणाली ह्याक गरेर एटिएमबाट पैसा निकालेका चिनियाँहरुले यी दुई मनि एक्सचेन्जबाटै पैसा सटही गरेका थिए ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : २९ बजे

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा