चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ | Khabarhub Khabarhub

चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहलाई ‘सहयोग गर्ने’ ३ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित डेस्को मनि एक्चेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरले चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको देखिएको हो ।

चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि प्रहरीले डेस्को मनि एक्चेन्जका सञ्चालक वेदनाथ लामिछाने तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका प्रबन्धक (मेनेजर) रेवती दवाडी पक्राउ परेका छन् ।

बैंक ह्याकिङ प्रकरणको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि ३ जनालाई पक्राउ गरिएको बताए ।

‘उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ सटही गरेर चिनियाँ नागरिकलाई विदेशी मुद्रा दिएको देखिन्छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार बैंकिङ प्रणाली ह्याक गरेर एटिएमबाट पैसा निकालेका चिनियाँहरुले यी दुई मनि एक्सचेन्जबाटै पैसा सटही गरेका थिए ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : २९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड