विदेशमा काम गर्ने नेपाली भन्छन्–दशैंमा घर जाने बिदा पाइएन « Khabarhub

विदेशमा काम गर्ने नेपाली भन्छन्–दशैंमा घर जाने बिदा पाइएन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ ।

वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न थालेको छ । रोजगारीका लागि विदेश जानेभन्दा दशैं बिदामा घर फर्किने श्रमिकको संख्या बढी रहेको विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयले जनाएको छ ।

विमानस्थलमा दशैं मनाउन फर्किने र अन्य हवाई यात्रुको भीडभाड ठुलो देखिन्छ । सोमबार मलेसियाबाट फकिदै गरेका पोखराका राजन केसी विमानस्थलको आगमन कक्षबाट बाहिरिदै गर्दा भेटिए ।

२ महिनाअघि कम्पनीसँग बिदामा जाने भनेर दशैं मनाउन आएको केसीले बताए । ‘४५ दिनको बिदामा आएको छु । परिवारसँगै रहेर चाडपर्व मनाउँन भनेर नै दशैंको बेला नेपाल घर आएको हो । नेपालीहरुको चाडपर्वका बेला मलेसियामा छुट पाउन मुश्किल हुन्छ,’ उनले भने, ‘सबै घर आउन खोज्छन् । अनि कम्पनीले यो समयमा बिदा दिन मान्दैन् । दशैंका बेला धेरै नेपालीले हवाई टिकट नपाएर स्वदेश फर्किन सक्ने अवस्था पनि हुँदैन् ।’

यस्तै, ५ महिनादेखि कम्पनीमा भन्दामात्र दशैंका बेला बिदा पाएको दक्षिण कोरियाबाट फर्किदै गरेका खोटाङका मनकुमार राईले बताएका छन् ।
‘एक त कम्पनीले सबै बिदा यही समयमै छुट्टी धेरैले माग्छन् । त्यही भएर बिदा मिलाउन कठिन छ,’ उनले भने, ‘त्यसमाथि छुट्टी मिलिहाल्यो भने पनि जहाजको टिकट नपाएर हैरान छ । धेरै साथीहरु त टिकटकै अभावमा घर आउन नसक्ने हुनुभएको छ ।’

कोरियाबाट आफूसँगै २० जना नेपाली दशैं मनाउन छुटीमा आएको उनको भनाइ छ । यसैगरी, कतारबाट दसैं, तिहार मनाउनकै लागि घर आएको विमानस्थलमा भेटिएका चितवनका रामप्रसाद ढुंगानाले बताए ।

उनले भने, ‘कतार गएको २ वर्षमा एक पटक बिदा मिल्छ । यसरी पाएको बिदालाई चाडपर्वकै बेला पारियो भने धेरै आफन्तसँग भेटघाट हुन पाइन्छ । सम्बन्धमा आफ्नोपन पनि आउँछ । चाडपर्वमा गाउँघरको माहोल पनि भरिभराउ र उल्लासमय हुन्छ ।

चाडपर्वका समयमा धेरै नेपालीहरु दशैं, तिहार मनाउनकै लागि घर बिदामा आउने गर्छन असोज महिना लागेपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने माहोल देखिन्छ । विमानस्थलको प्रतिक्षाकक्षमा विदेशीबाट फर्किनेलाई लिन आउने आफन्तको पनि भीड लाग्ने गरेको छ ।

अध्यागमन कार्यालयका अनुसार केहीदिन यता वैदेशिक रोजगारीबाट दैनिक २ हजार ५ सयको हाराहारीमा नेपाली स्वदेश फर्किने गरेका छन्। यो संख्या अन्य समयको भन्दा ३ गुणा बढेको छ ।

चाडपर्व भन्दा बाहेकको समयमा यो तथ्यांक दैनिक ३ देखि ७ सयसम्म मात्रै विदेशीबाट नेपाल आउने गरेका थिए । उता रोजगारीको खोजीमा दैनिक करिब ७ सयको संख्यामा विदेसिने गरेको कार्यालय बताउँछ । तर, चाडपर्वका बेला भने दैनिक ३ सयमा विदेशी जाने गरेका छन् ।

असोज महिना लागेपछि मात्रै करिब १ लाखभन्दा धेरै रोजगारीका गएका श्रमिक स्वदेश फर्किएको अध्यागमन कार्यालयको अनुमान छ । सामान्य समयभन्दा चाँडपर्वका बेला ४ गुणा नेपाली स्वदेश फर्किने गरेका कार्यलयले जनाएको छ ।

मासिक २० हजारको हाराहारीमा मात्रै स्वदेश फर्किने गरेको कार्यालयको तथ्यांक छ । तर, चाडपर्वको समयमा भने दैनिक ३ हजार भन्दा धेरै स्वदेश फर्किने गरेको कार्यलयको अनुमान छ ।

चाडपर्वको मुखमा स्वदेश फर्किने नेपालीको संख्या बढनु स्वभाविक नै भएको अध्यगमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

‘परिवार, आफन्तसँग भेटघाट गर्न मौका पनि यहि भएका कारण धेरै फर्किन्छन् । अर्कोतर्फ संस्कृति र धार्मिक आस्थाका हिसाबले पनि चाडपर्व महत्वपूर्ण मानिन्छन् । जसकाकारण पनि यो समय धेरै नेपालीहरु घर बिदामा आउँछन्,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि नेपाली युवा सबैभन्दा धेरै खाडीका देश र मलेसिया जाने गरेको सरकारी तंथ्याकमा छ । विदेसिएका कुल नेपालीमध्ये यी देशमा मात्रै करिब ७५ प्रतिशतभन्दा धेरै कामदार पुगेका छन् ।

त्यसकारण पनि चाडपर्वका बेला यीनै देशहरुबाट स्वदेश फर्किनेको संख्या धेरै हुन्छ । यसैबीच, वैदेशिक रोजगार विभागले विदेशबाट फर्किएका कामदारको तथ्यांक राख्न गत वर्षको असोज १५ देखि शुरु गरेको छ । त्यस यता ३ लाखभन्दा धेरै नेपाली कामदार विदेशबाट नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीकै लागि ४४ लाख नेपाली विदेशमा छन्।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : ५९ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग