‘वार’ फिल्म रिभ्यु: ऋतिक र टाइगरको फिल्मबाट दर्शक बने निराश « Khabarhub

‘वार’ फिल्म रिभ्यु: ऋतिक र टाइगरको फिल्मबाट दर्शक बने निराश


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आज बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘वार’ हेरेर दर्शक निराश भएका छन् । भारतीय मिडियाका अनुसार दर्शकले राखेको अपेक्षा यो फिल्मले पूरा नगरेको प्रतिक्रिया दिएका छन् ।

एक्सन प्याक यो फिल्मबाट दर्शकले बढी नै आशा गरेका थिए । ती अडियन्सले ट्वीटरमा फिल्मबारे आफ्नो रिभ्यु दिएका छन् । धेरैले आफूलाई फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।

बलिउडका दुई ठूला एक्सन हिरो एकसाथ स्किृनमा देख्दा दर्शकमा बढ्ता अपेक्षा हुनु स्वभाविक थियो ।

एक दर्शकले लेखेका छन्, ‘यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर हो ।’ त्यस्तै दोस्रो प्रयोगकर्ताले लेखेका छन्, ‘यो फिल्म पूर्ण रुपमा एक निराशाजनक फिल्म रह्यो, फिल्ममा देखाएको स्टन्ट र एक्सनले त ध्यान खिच्छ तर कहानीले निराश गरिदिन्छ ।’

एक प्रयोगकर्ताले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन्, ‘वार एक शानदार एक्सन फिल्म हो तर यो फिल्म अन्तिमको २० मिनेट पूरै झुर लाग्छ, ऋतिक तपाईंले राम्रो फिल्म डिजर्भ गर्नुहुन्छ ।’

कतिले फ्यानले भने यो फिल्म एकदमै राम्रो भएको भन्दै प्रतिक्रिया दिएका छन् । धेरै कमेन्टस् भने नराम्रो भन्दै आइरहेका छन् । रिलिजअघि यो फिल्म निकै चर्चामा थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : २५ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै