१० दिनमा राजधानीबाट १२ लाख बाहिरिए « Khabarhub

१० दिनमा राजधानीबाट १२ लाख बाहिरिए


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट करिब १२ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि बुधबारसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै यो अवधिमा सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ ।

अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिए । प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजनाअनुसार राजधानीमा ३ सय बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए ।

उनले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए । अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ ।

यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ४७ बजे

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा भरपर्दा ब्याटर

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

एजेन्सी– रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २