दशैँ मेलामा बिकेन खसी « Khabarhub

दशैँ मेलामा बिकेन खसी


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– बडादशैँलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–७ मा लगाइएको वृहत खसी बजार मेलामा सम्पन्न भएको छ ।

अघिल्ला वर्षहरुमा जस्तो यस वर्षको मेलामा भने खसी बिक्री नभएको किसानहरुले बताए । मेलामा ३ सय बढी खसी ल्याइएकोमा १ सय ७० वटा मात्र बिक्री भयो ।

मेलामा ३ सय भन्दा बढी खसी बजारमा ल्याइएको थियो । विगतका वर्षमा जस्तै तुप्चेको हाम्रो सहकारी संस्था लिमिटेडले खसी बजारको आयोजना गरेको थियो ।

मेलामा ल्याइएका सबै खसी बिक्री नभएपछि किसानसँग सहकारीले खरिद गरेको छ । मेलामा १७० खसी बिक्री भएको थियो । बाँकी खसी सबै सहकारीले खरिद गरेको बताइएको छ ।

दशैंमा तिब्बतबाट आउने भेडा–च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेको सहकारी संस्थाले बर्सेनि खसी मेलाको आयोजना गर्दै आएको हो ।

आयोजक हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले मेलाले कृषक र ग्राहक दुवैलाई फाइदा मिलेको र सरकारीले उनीहरुको बीचमा समन्वयमात्रै गराउन मेलाको आयोजना गरेको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : १५ बजे

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता