प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस « Khabarhub

प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

स्पेनको राजधानी मड्रिडमा यसै साता हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो बयान दिँदै उनले जलवायु परिवर्तनबारे सबै सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनका खराब असर झन्झन् उजागर गएको समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको भन्दै सो चेतावनी दिएका हुन् ।

उनले प्रकृतिमाथि मानवजातिले चलाएको युद्ध बन्द गर्नुपर्ने भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुध्न राजनीतिक इच्छाशक्ति जुटाउनुपर्ने बताए । उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए ।

उनले ऊर्जाका लागि खन्ने र ड्रिल गर्ने काम बन्द गर्नुपर्ने बरु नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने बताए । उनले मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको समेत बताए ।

जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना अझै रहेको उनले बताए । यसअघि गत साता राष्ट्रसंघको निकाय वातावरण कार्यक्रमले यदि विश्वव्यापी तापक्रम वृद्धि दरलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने हो भने देशहरूले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षालाई पाँच गुनाले बढाउनुपर्ने बताएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ७ : ४९ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट