टीभीएस एनटर्क रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुला « Khabarhub

टीभीएस एनटर्क रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुला


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बजारमा लोकप्रिय हुदै गएको टीभीएस एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ ।

एनटर्क रेस भर्सन भारतको गोवामा सम्पन्न मोटो शोल २०१९ मा प्रदर्शन गरिएको यो स्कुटर नयाँ बर्षलाई लक्षित गरेर सार्वजनिक गर्ने तयारी कम्पनीले जनाएको छ ।

स्कुटर अफ द इयरको अवार्ड बिजेता रहेको टीभीएस एनटर्क ले नेपाली बजारमा लोकप्रिय तथा बजारमा प्रतिक्षित स्कुटर रहेको छ । अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको नयाँ एनटर्कले यो मोटो सोलमा आगन्तुकको ध्यान आर्कषण गर्न सफल भएको थियो ।

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

नयाँ फेसलिफ्टको मूल्य २ लाख ४५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । यद्यपी कम्पनीले अबको केही दिनमा यसको मूल्य टुङ्गो लगाउने जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ०३ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर