लोकप्रिय हुदै मारुती सुजुकी « Khabarhub

लोकप्रिय हुदै मारुती सुजुकी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समय बद्लिदो छ । मान्छेका रहर बद्लिदै छन् । आवश्यकता थपिँदै छन् । मान्छेका यीनै रहर, सपना र आवश्यकतालाई मध्यनजर गर्दै इन्डो–जापानी अटोमोबाइल्स कम्पनी मारुती सुजुकीले नेपाली बजारमा सस्तोदेखि महङ्गा मूल्यका कार बिक्री गर्दै आएको छ ।

मारुती सुजुकी नेपालको सर्वाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् ।

कम्पनीको आधिकारिक वितरक सिजी मोटोकर्पले नेपालमा १३ मोडलका ३७ कार बेच्दै गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबैभन्दा कम मूल्यको कार अल्टो ८०० हो भने महङ्गो मूल्यको एसक्रस हाइब्रिड मोडल हो । मारुती सुजुकीले नेपालमा बिक्री सुरु गरेको तीन दशक पुरा भइसकेको छ ।

कम्पनीले हाल ३० लाख मूल्यसम्मका १९ भेरियन्ट बिक्री गर्दै आएको छ । सीजी मोटोकर्पले कार चढ्ने नेपालीहरुको रहरलाई निकै सुलभ र सहज रुपमा सफल अवतरण गरिरहेको छ । फलस्वरुप यसका ग्राहकहरु पनि बढिरहेका छन् । ग्राहक मात्र होइन, आफ्नो सेवा क्षेत्र पनि बढाइरहेका छ ।

मारुती सुजुकीले ग्राहकको क्षमता, कमाई र आवश्यकता अनुसार छानी छानी कार किन्न सक्ने वातारण प्रदान गरेको कम्पनीले दाबी गरेको छ । कम्पनीले बिक्री गर्दै आएको ३० लाख मूल्यसम्मका कार यसप्रकार रहेका छन् ।

एस–प्रेशो

केही दिनअघि मात्रै नेपाल आएको एस–प्रेशोलाई पनि सस्तो कारको रुपमा लिइन्छ । विभिन्न चार भेरियन्टमा बिक्री भइरहेको एसप्रेशोको सबै भेरियन्टको मूल्य ३० लाख भन्दा कम रहेको छ । सस्तो र विश्वसनिय कारको रुपमा चिनिएको एस प्रेशोको एसटिडी भेरियन्ट २२ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

एसटिडी यसको लोअर भेरियन्ट हो । यस्तै, एलएक्सआई २३ लाख ९९ हजार, भिएक्स आई २४ लाख ९९ हजार र भिएक्स आई प्लस अर्थात यसको हाइ भेरियन्ट २५ लाख ४९ हजार रुपैयाँमा बिक्री भइरहेको छ । यी सबै भेरियन्टमा ९९८ सीसी क्षमताको इन्जिन लगाइएको छ ।

सुजुकी स्विफ्ट

दुई भेरियन्टमा बिक्री भइरहेको सुजुकी स्विफ्टको लोअर भेरियन्ट अर्थात भिएक्सआई २९ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ । ११९७ सीसी इन्जिनमा उपलब्ध स्विफ्टको हाइ भेरियन्ट जेडएक्सआईको मूल्य भने ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सेलेरियो

सर्वाधिक रुचाइने सेलेरियो पावरट्रेन, लुक्स र फिचरका कारण चर्चामा आउने गर्छ । तीन भेरियन्टमा बिक्री भएको यो कारको अधिकतम मूल्य तीस लाखभन्दा कम रहेको छ । यसको भिएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार, जेडएक्सआई (०) को २७ लाख ४९ हजार, सेलेरियो एक्स जेडएक्सआइ (०) को २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

अल्टो ८००

मारुतीको इतिहास जोडिएको अल्टो ८०० नेपाली बजारमा सर्वाधिक बिक्री हुने मोडलमध्ये एक हो । विभिन्न चार भेरियन्टमा बिक्री भइरहेको यो मोडल विशेषत ट्याक्सीको रुपमा प्रयोग हुँदै आएको छ ।

अल्टो एसटीडीको मूल्य १८ लाख ९९ हजार रहेको छ भने एलएक्सआई भेरियन्टको २० लाख ९९ हजार रहेको छ । त्यसैगरी के १० भिएक्सआई भेरियन्टको मूल्य भने २२ लाख ८९ हजार रुपैयाँमा बिक्री भैरहेको छ ।

वागेन आर

मारुतीले वागेन आरलाई तीन भेरियन्टमा बिक्री गर्दै आएको छ । ९९८ सीसी इन्जिन क्षमताको भिएक्सआई (०)को मूल्य २४ लाख ९९ हजार रहेको छ । यसमा १.० लिटर इन्जिन लगाइएको छ । यस्तै, १.२ लिटर इन्जिनमा उपलब्ध भिएक्सआई (०) २६ लाख ९९ हजार र जेडएक्सआई(०) २७ लाख ९९ हजार रुपैयाँमा बिक्री भैरहेको छ । यी दुई मोडलमा भने ११९७ सीसी इन्जिन दिइएको छ ।

इग्नीश

तीन भेरियन्टमा बिक्री भइरहेको इग्नीशको लोअर भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै, जेटा पेट्रोल ३० लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ भने, अल्फा पेट्रोलको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ ।

देशका ३० भन्दा बढी स्थानमा नेटवर्क विस्तार गरी कम्पनीले बिक्री र बिक्री पछिको सेवामा सहजता प्रादान गर्दै आइरहेको छ । जसका कारण उपभोक्तालाई सुजुकी गाडी खरिद गर्न र खरिद पश्चात सेवारसुविधा उपभोग गर्न समेत सजिलो बनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ११ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला