मंसिर १९देखि चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुँदै « Khabarhub

मंसिर १९देखि चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुँदै


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प मंसिर १९देखि २१ सम्म हुने भएको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि यही १९ देखि २१ मंसिरसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गरेको हो ।

ग्राहकसम्म पुग्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ । यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् ।

तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रियस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ ।

सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ । यसका साथै सिप्रदीले आफूलाई सहयोग पुर्‍याउने ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ ।

सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुनेछ । तीन दिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक सेवाहरू यसप्रकार छन् ।

-निःशुल्क ४७ पोइन्ट्स चेकअप
-निःशुल्क कम्प्युटर डाइगनोसिस
-निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण
-निःशुल्क एफआईपी परीक्षण
-निःशुल्क टायर परीक्षण
-निःशुल्क प्रदूषण जाँच
-निःशुल्क लन्च सुविधा
-गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू
-दैनिक लक्की ड्र तथा मोबाइलफोन जित्ने मौका
-बम्पर लक्की ड्र

क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कल दिई आफ्नो गाडी दर्ता गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १ : २६ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर