न्याय परिषदद्वारा ७ जना नयाँ जिल्ला न्यायाधीश नियुक्त, ५ जिल्ला न्यायाधीशको सरुवा « Khabarhub

न्याय परिषदद्वारा ७ जना नयाँ जिल्ला न्यायाधीश नियुक्त, ५ जिल्ला न्यायाधीशको सरुवा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषदले विभिन्न जिल्लामा रिक्त रहेका ७ जना जिल्ला न्यायाधीशहरु नियुक्त गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले सिफारिस गरेका ७ जना जिल्ला न्यायाधीशलाई मंगलबार नै नियुक्त गरिएको हो ।

परिषदले देशभरका विभिन्न अदालतमा कार्यरत कर्मचारी मध्येबाट जिल्ला न्यायाधीश नियुक्त गरेको हो ।

जसअनुसार उच्च अदालत तुलसीपुरको बुटवल इजलाशका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरको जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् भने सर्वोच्च अदालतका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुमको जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् ।

यस्तै, सर्वोच्चकै अर्का उपराजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुको जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् भने उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशका रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापा जिल्ला अदालतको न्यायाधीश नियुक्त हुँदा सर्वोच्च्कै अर्की उपरजिष्ट्रार मनकुमारी जीएम विक बाँके जिल्ला अदालतकी न्यायाधीश नियुक्त भएकी छन् भने उपरजिष्ट्रार रिता कुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीश नियुक्त भएकी छन् ।

मंगलबार बसेको परिषदको बैठकले ५ जना जिल्ला न्यायाधीशको सरुवा समेत गरेको छ ।

जसअनुसार भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मी बारा जिल्ला अदालतमा सरुवा भएका छन् भने सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेत झापा जिल्ला अदालतमा सरुवा भएका छन् ।

यस्तै, नवलपुर जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौं जिल्ला अदालतमा सरुवा हुँदा दोलखा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का मोरङ जिल्ला अदालतमा सरुवा भएका छन् भने रुकुम जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी धादिङ जिल्ला अदालत सरुवा भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ५ : ३८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर