नेपाल एयरलाइन्सको लापरबाही : १७६ यात्रु बसिसकेपछि किन उडेन आरए २३१ ? « Khabarhub

नेपाल एयरलाइन्सको लापरबाही : १७६ यात्रु बसिसकेपछि किन उडेन आरए २३१ ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यात्रु विमानमा बसिसकेपछि नेपाल एयरलाइन्सको आरए २३१ विमानको उडान रद्ध भएको छ । विमानस्थलले राति १० बजेपछि उडान गर्न नमिल्ने भनेपछि उडान रद्ध भएको एयरलाइन्सको दाबी छ । तर, विमानस्थलको कारण नभई एयरलाइन्सकै कमजोरीका कारण विमान नउडेको आशंका गरिएको छ ।

अध्यागम कार्यालयका अधिकृत दिपक ओझाले विमानस्थलको स्तरवृद्धिका लागि विमानस्थल बन्द गर्ने समय १० बजेको भनेर उडान भर्न नदिएको बताइएको छ । तर, अन्तर्राष्ट्रिय अन्य उडान भएको बेला नेपाल एयरलाइन्सको मात्र उडान कसरी रद्ध भयो भनेर प्रश्न गरिएको छ ।


सार्वजनिक गरिएको विमानको उडान तालिका अनुसार विमान राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्ने तालिका थियो । यो विमान रातिको सवा १२ बजे दुवईको अल माक्तोम विमानस्थलमा अवतरण हुने तालिका सार्वजनिक भएको थियो ।

एयरलाइन्सले विमानस्थलको कारण देखाएपनि निर्धारित समयमा उडान नभएकाले एयरलाइन्सकै खराबी भएको आंकलन गरिएको छ ।
काठमाडौंबाट दुवईका लागि उडान भर्न लागेको आरए २३१ विमानमा १ सय ७६ यात्रु र १४ चालक दलका सदस्यसहित १ सय ९० जना लिएर उड्ने उडान तालिका तय भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको