भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री नजिब अदालतमा हाजिर | Khabarhub Khabarhub

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री नजिब अदालतमा हाजिर


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– अर्बौं डलर बराबरको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोग लागेका मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रज्जाक अदालतमा उपस्थित भएका छन् । बुधबार अबौँ डलर बराबरको वानएमडीबी कोष मुछिएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोग लागेका उनी अदालतको उच्च अदालतमा उपस्थित भएका हुन् ।

मलेसियाको अर्थतन्त्रलाई उकास्नका लागि रणनीतिक लगानी गर्न भन्दै सन् २००९ मा नजिबले स्थापना गरेको वानएमडीबी नामक सम्पत्ति कोषबाट उनले आफ्नो आलिशानी जीवनयापन गर्न खर्च गरेको भन्ने विषयमा विभिन्न ४२ अभियोग खेपिरहेका छन् ।

वानएमडीबी कोषबाट ४ अर्ब ५० करोड डलर भन्दा धेरैको हिनामिना भएको अमेरिकी न्याय मन्त्रालयको भनाइ छ । बुधबार वानएमडीबी कोषको एसआरसी इन्टरनेशनल नामक कम्पनीको खाताबाट उनले ४ करोड २० लाख रिङ्गीट आफ्नो निजि खातामा सारेको विषयमा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धिकरणमा तीन–तीन तथा शक्तिको दुरुपयोगमा एक गरी ७ अभियोगमा सुनुवाई भएको बताइएको छ । यद्यपि अदालतले उनलाई सबै ७ वटै अभियोगमा सफाइ दिएको छ ।

त्यसअघि अदालतमा मलेसियाका महान्यायाधीवक्ता टोम्मी थोमसले अभियुक्त कुनै पनि कानून भन्दा माथि नरहेको भन्दै उनीविरुद्ध पनि उनका पूर्ववर्तीकै शैलीमा कानूनी प्रक्रिया अघि बढाइने जनाएका थिए ।

नजिबले अफूले कुनै गलत काम नगरेको र आफूविरुद्धका अभियोग राजनीतिक पूर्वाग्रहबाट प्रभावित रहेको बताउँदै आएका छन् । उनीबाहेक भ्रष्टाचार प्रकरणमा मुछिएकी उनकी श्रिमतीमाथि पनि अभियोग लागेपनि अदालतले उनलाई सफाइ दिइसकेको बताइएको छ ।

नजिबको भ्रष्टाचारबारेको अभियोगको सुनुवाई गत फेब्रुअरी महिनामा शुरु हुने बताइएपनि उनका अधिवक्ताहरुले अदालतमा एकपछि अर्को रिट दायर गरेपछि सुनुवाई ढिला गरी शुरु भएको हो ।

नजिब भ्रष्टाचार प्रकरणमा फस्दै गएपछि गत वर्ष भएको आम निर्वाचनमा उनी पराजित भएका थिए । उनको स्थानमा प्रधानमन्त्री बनेका बयोबृद्ध नेता महाथिर मोहम्मदमाथि मुलुकमा भ्रष्टाचारलाई निरुत्साहित गर्नका लागि नजिबलाई कानून अनुसार सजाय दिलाउनुपर्ने दबाब रहेको बताइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ३९ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२