मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प काठमाडौंबाट हटाइने « Khabarhub

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प काठमाडौंबाट हटाइने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताए । “यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताए ।

उनले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए ।

कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एक ठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्को ठाउँ र मोटरसाइकललाई अर्को ठाउँमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४० बजे

समावेशी सिद्धान्तलाई व्यवहारमा आत्मसात् गर्न आग्रह

काठमाडौं– नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको